नेपालमा लकडाउन खुलेर अन्तर्राष्ट्रिय उडानहरु संचालनमा आउने बित्तिकै तयारी अबस्थामा रहेका शिवलिंग, बसाहा, बुद्धका मुर्तिहरु तथा मन्दिरको लागि नेपालमै बनाईएका अन्य अत्यावश्यक बस्तुहरु समुन्द्री बाटोबाट ढुवानी गरि करिब ३ महिनामा टोरोन्टो आई पुग्नेछ ।
त्यसै बीच स्कारबोरोमा मुर्तिहरु राख्ने स्थानको खोजि कार्यलाई तिब्रता दिईने छ। सकभर खरिद गरेर वा भाडामा भवनको ब्यबस्था मिलाउन प्रयास गरिने छ।कथम कदाचित उपयुक्त भवन नपाईएमा अस्थायी रुपमा राखी स्थायी स्थानको खोजि गरि स्थापित गरिनेछ।
हाल सम्मको कार्य प्रगति
पशुपति शिव लिंग, बशाहा सहित – (वजन: करिब ८ क्विन्टल, उचाई: करिब ४ फिट, नेपालमा निर्माण सम्पन्न, ढुवानीको अबस्थामा रहेको)
पशुपतिनाथको मन्दिरको छाना, तामाको बस्तुहरु, गजुर, घन्टी, तथा अन्य धातुहरु (नेपालमा निर्माण सम्पन्न, ढुवानीको अबस्थामा रहेको)
शाक्यमुनी बुद्ध – (उचाई: ३ फिट, नेपालमा निर्माण सम्पन्न)
गणेश, दुर्गा, सरस्वती, लक्ष्मीको मुर्ति र बस्त्रहरु (स्थानीय रुपमा खरिद गर्न खोजि भई रहेको)
संस्थालाई “च्यारिटी मुलक संस्था” पुन: बनाउनको लागि सम्बन्धित निकायसंग पत्राचार भई रहेको
सहयोग आबश्यक परेका क्षेत्रहरु:
आर्थिक,
प्रायोजकहरु,
बिभिन्न समितिमा बिभिन्न बिषयका थप सक्रिय कार्यकारिणी सदस्यहरु,