श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organization

प्रायोजक श्री उत्तम प्रसाद भट्टराईज्युलाई हार्दिक धन्यबाद: 

  • नेपालमा बनेका मुर्तिहरु टोरोन्टो ल्याउन ने रु १.५ लाख सम्मको ढुवानी खर्च आफ्नो स्वर्गीय पिताजी श्री डिल्ली नाथ भट्टराईको स्मृतिमा प्रायोजन गर्नु हुने श्री उत्तम प्रसाद भट्टराईज्युलाई  हार्दिक धन्यबाद । 

पुनश्च: प्रायोजक तथा ठुलो आर्थिक दान सहयोग गर्नु हुने महानुभाबहरुको नाम र योगदान रकम मन्दिरको कुनै स्थानमा बोर्डमा लेखेर राखिने छ र सम्मान पत्रद्वारा सम्मान गरिने छ ।

केन्द्रको हार्दिक अनुरोध:

  • संस्थाको बिशेष संरक्षकत्व तथा संरक्षकत्व ग्रहण गरि दिनु हुन्,  
  • सबै भक्तजनहरुले यस केन्द्रको सदस्यता ग्रहण गरि दिन हुन् ,
  • सबैले आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन्, 
  • सबै भक्तजनहरुले आ-आफ्नो व्यक्तिगत महत्वपुर्ण खुसियालीका समयहरु (जन्म दिवस, न्वारन, ब्रतबन्ध, बिबाह, बर्षगांठ आदिहरु) मा यस केन्द्र मार्फत “शुभकामना” अभिव्यक्त गर्ने सुअबसर प्रदान गरि दिनु हुन्,
  • सबै भक्तजनहरुले आ-आफ्नो दुखका समयहरु (प्रिय व्यक्तिको मृत्यु, बार्षिकी, पितृ सम्झना, श्राद्ध आदिहरु) मा यस केन्द्र लाई “समबेदना” अभिव्यक्त गर्ने अबसर प्रदान गरि दिनु हुन्,