श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organisation

संस्थाको उदेश्य

उदेश्यः

  • सनातन हिन्दु धर्म र बौद्ध धर्ममा आस्था राख्ने सबै आप्रबासी नेपाली तथा नेपाली भाषी तथा अन्य देशका नागरिकहरुको बीच पवित्र पशुपतिनाथ मन्दिरको माध्यमबाट धार्मिक सहिष्णुता, सद्भाव, भाईचाराको विकास गर्दै सामाजिक, साँस्कृतिक तथा धार्मिक कार्यहरुको संरक्षण एवम् संचालन गर्ने,
  • यस केन्द्रको मन्दिरमा दैनिक पूजापाठ सञ्चालन गर्ने, धार्मिक प्रवचनहरु गर्ने तथा समय समयमा यज्ञ, सत्सङ्ग, अखण्ड हरिकीर्तन एवम् विशेष धार्मिक कार्यहरु सञ्चालन गर्ने,
  • यस केन्द्रको लागी आवश्यक मन्दिर-भवन, जग्गा तथा अक्षयकोष र अन्य आय स्रोतको व्यवस्था मिलाइने, 
  • यस केन्द्रको मातहतमा सामुदायिक भवन निर्माण तथा व्यवस्थापन गरिने,

    केन्द्रको भौगोलिक कार्य क्षेत्र:

    • बिशेष गरेर बृहत्तर टोरोन्टो क्षेत्र एबं ओन्टारियो क्यानाडा

    केन्द्रको हार्दिक अनुरोध:

    • संस्थाको बिशेष संरक्षकत्व तथा संरक्षकत्व ग्रहण गरि दिनु हुन्,  
    • सबै भक्तजनहरुले यस केन्द्रको सदस्यता ग्रहण गरि दिन हुन् ,
    • सबैले आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन्, 
    • सबै भक्तजनहरुले आ-आफ्नो व्यक्तिगत महत्वपुर्ण खुसियालीका समयहरु (जन्म दिवस, न्वारन, ब्रतबन्ध, बिबाह, बर्षगांठ आदिहरु) मा यस केन्द्र मार्फत “शुभकामना” अभिव्यक्त गर्ने सुअबसर प्रदान गरि दिनु हुन्,
    • सबै भक्तजनहरुले आ-आफ्नो दुखका समयहरु (प्रिय व्यक्तिको मृत्यु, बार्षिकी, पितृ सम्झना, श्राद्ध आदिहरु) मा यस केन्द्र लाई “समबेदना” अभिव्यक्त गर्ने अबसर प्रदान गरि दिनु हुन्,

    Celebration of Religion

    Enhancement of Events

    Preservation of Culture