श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organisation

म्हपुजा एबं भिन्तुना नेपाल सम्बत ११४१ को उपलक्ष्यमा 

हार्दिक मंगलमय शुभकामना !!!!

श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र, स्कार्बोरो, टोरोन्टो, म्हपुजा एबम भिन्तुना नेपाल सम्बत् ११४१ को उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। बिशेष क्यानेडियन नेवा गुठि लगायत स्वदेश नेपाल र बिदेशमा रहनु भएका नेवा समुदायलाई हाल बिश्वब्यापी महामारीको रुपमा रहेको कोभिडमा फरक तरिकाले यसबर्षको चाड पर्ब सुरक्षित र साबधानीपुर्बक अपनाएर मनाउनु हुन पनि सादर अनुरोध छ।

शरीरमाद्यं खलु धर्मसाधनम्।। -उपनिषद् (मानव शरीर नै सबै धर्म (कर्तव्यहरू) पूरा गर्ने साधन हो । मानवको पहिलो सुख निरोगी शरीर हो। त्यसैले शरीरलाई निरोगी राख्नु मनुष्यको सर्वप्रथम कर्तव्य हुन आउँछ।

नेवार समुदायको आफ्नो मौलिक चाड म्हपूजा यस बर्ष कार्तिक ३० गते मनाइदै छ र त्यसै गरी भिन्तुना नेपाल सम्बत ११४१ यही कार्तिक ३० गते मनाउदै छौ। म्हपुजा संस्कृतिक धार्मिक परम्परा हो , म्हपुजा एबम नेपाल सम्वत भिन्तुना ११४१ पावन अवसरमा हार्दिक शुभकामना सबैलाई सुखद अवसरमा। शरद ऋतु हिन्दू महिना आश्विन र कार्तिकमा धेरै महत्वपूर्ण चाडपर्व पर्व – नवरात्री, विजयादशमी, शरद पूर्णिमा, म्हपुजा दीपावली, भिन्तुना , छठ आदि पर्छ। शरद ऋतु को समय भनेको नेपाल र विश्वभरि छरिएर रहनु भएका सम्पूर्ण नेपाली दाजु-भाई दीदि-बहिनीहरुलाई सुस्वास्थ्य, दि र्घायु, सुख शान्ति,समृद्धि, उत्तरोत्तर प्रगति एवं उन्नतिको हार्दिक मंगलमय शुभकामना सुभेक्ष्या, आशिर्बाद लिने दिने, सामाजिक सद्भाव,भेटघाट अथित्ति आतित्थ्य, मित्रताको शितल मनोरम मौसम हो। शताब्दिऔ देखि हुदै आएको हाम्रो नेपाली मौलिक बिबिधतायुक्त बहुसांस्कृतिक चाडवाडहरुको निरन्तर अभ्यास नै नेपाल र प्रबासमा रहेका सम्पूर्ण हामी नेपालीहरु बीचको आपसी सद्भाव, मित्रता, बिश्व बन्धुत्वको आधार हो र यो नै हाम्रो नेपाली सामाजिक एकताको प्रेरक शक्ति हो। हामीले नेपाली चाडपर्बहरुबाट जीवन निर्देश गर्ने आदर्श तथा इमान्दारी, सत्य निष्ठा, आत्मिक भावना जस्ता नैतिक शिक्षा पुस्तान्तरण गर्दै आएका छौ।

हामीले बर्तमान परिवेशमा उभिएर दुर बिगत हेर्ने हो भने नेपाल भुमि बिबिध अध्यात्मिक र सांस्कृतिको उर्बर उद्गम स्थल थियो। प्राचीन र मध्यकालीन समयमा शास्वत अध्यात्मिक अनुभूतिलाइ सामाजिक स्तरमा प्रयोग -प्रचलन र अभ्यास निरन्तर गरिदै आएका कुराहरु नै समयको अन्तरालमा सामाजिक चाडपर्ब, परम्परा रितीरिवाज भनिएका हुन् र आधुनिक समयमा तिनै कुराहरु संस्कृतिक धरोहरको रुपमा रहदै आएका छ।आजभोली चाडपर्ब, परम्परा रितीरिवाजलाइ बढी सामाजिक आयाम भएको मानिएता पनि आध्यात्मिक आयाम पनि उतिकै हुन्छ। आध्यात्मिक आयाम भएका सामाजिक चाडपर्बहरुको बढी महत्व हुन्छ किनकी यो नै सभ्य र परिस्कृत समाजको प्रतिक हो।

नेपाली संस्कृति आदिम युगबाट नै प्रकृतिपूजक बन्ने प्रचलन रहदै आएको छ। प्रकृतिको हरेक बनोट नदी खोला पहाड,रुख , बाताबरण प्रति अगाध आस्था, सम्मान अथवा संरक्षणमुखी सोच नेपाली सनातन संस्कृतिको विशेषता हो , जो नेवारी संस्कृतिमा पनि देखिन्छ । यो निर्माणमुखी अथवा प्रकृतिप्रेमी, बातावरण प्रेमी संस्कृति हो । देश विदेशमा बस्ने नेवाजनहरुले नेपाल सम्वत्लाई हर्ष बढाईका साथ बिभिन्न कार्यक्रम गरी मनाउन लागेको संदेशले सबैमा खुशी बनेको छ । नेपाल सम्वत अनुसार नयाँ वर्षको पहिलो दिन अर्थात “न्हूदँया भिन्तुना ११४१ (नयाँ वर्षको शुभकामना आदान प्रदान) गरि नेवार जातिय एकता र पुर्ख्रयाैली साझा मौलिक संस्कृतीका रुपमा विकास भएको म्हपूजा परम्परागत चलन अनुसार हर्षोल्लासपूर्ण रुपमा मनाइन्छ।

लेखक : केदार वस्नेत

नेपाल सुन्दर बहुसांस्कृतिक मूल प्रबाह भित्र नेवारी एक मौलिक जीवन्त संस्कृति हो । राजधानी काठमांडौं उपत्यका नेवारी संस्कृति पहिचानको मूल थलो हो। मूलतः हिन्दू र बौद्ध धर्मबाट प्रभावित नेवारी संस्कृति स्वयंमा पूर्ण र सघन रूपमा व्यवस्थित संस्कृति भएको मान्नु पर्छ। नेवारको आफ्नै संवत् (क्यालेन्डर) पनि छ, आफ्नै भेष भूषा, भाषा तथा विशेष परम्परा पूजापद्धति, नेवारी संस्कृति धनी, संस्कारित अनि मनमोहक संस्कृति हो । अन्य संस्कृतिको साथ भगिनीवत सम्बन्ध अथवा सहिष्णुता यसको मुख्य विशेषता रहेको छ । राष्ट्रीय विभूति शंखधर साख्वाले इस्वी सम्वत् ८७९, अक्टुबर २० मा शुरु गरेको भिन्तुना नेपाल सम्बत हाल प्रचलित मूलतः तीन तरह सम्बत मध्ये नेपाल संवत् चन्द्र र सौर्य संवत् हो। चन्द्रमाको गतिमा आधारित गरी बनाएको हुन्छ। नया वर्षको नेवारी संस्कृतिमा बहुत धूमधाम ५ दिन सम्म विभिन्न सांस्कृतिक विधिका साथ मनाइन्छ । पुरानो वर्षको अन्तिम ३ दिन र नयाँ वर्षको शुरुको २ दिनको मिलेर ५ दिन सम्म मनाईन्छ। नयाँ वर्षको उत्सवलाई नेवार ‘स्वन्ति’ भनिन्छ। यो अन्य सनातन संस्कृतिमा मनाइने जस्तै यमपञ्चक (तिहार) को समयमा मानिन्छ। यसमा मृत्युदेव अर्थात् यमराजको विशेष पूजा हुन्छ। यो विशेष प्रकारको पूजा सम्भवतः नेवारी संस्कृतिमा जीवित रहेको छ। नव वर्षको शुरुवातसगै आफ्नो आत्माको साक्षी मानेर आत्मविशलेषणको काम हुन्छ। संस्कृतमा भनिएको छ कि ‘शरीरमाद्यं खलु धर्मसाधनम्’ अर्थात् शरीर नै धर्मको पहिलो साधन हो। यस कारण शरीरको रक्षा आवश्यक छ। वर्ष भर भूलवश, वाध्यतावश या जानी नजानी खराब काम गरिएको भए प्रायश्चितको लागि वा आत्मा शुद्धिको लागि यो पूजा ब्यबहारिक हुन् सक्छ। सनातन धर्ममा भनिएको छ कि आत्मामा नै परमात्माको वास रहेको हुन्छ। नेवारी संस्कृतिमा मातृशक्तिको बहुत महत्व रहेको हुदा अष्टमातृका (अजिमा) को पूजा पनि गरिन्छ।

नेवारी भाषामा एक अक्षरले बनेका शब्दहरुको बाहूल्यता पाइन्छ, म्ह को शाब्दीक अर्थ चाँही देह या शरीर भन्ने बुझाउँदछ र यसअर्थमा म्ह पूजाको अर्थ आफ्नो देहप्रतिको आदरयूक्त याचना हो। आत्मतत्वलाई वोध गराउने अनि सजीवता आभाष गराउने दिन पनि हो। नेवारी भाषामा म्हं शब्दको प्रयोग र ईतिहास केलाउँदै जाने हो भने यसको प्रयोग उपसर्ग र प्रत्ययका रुपमा ब्यापक रुपमा वोलिचालीका वाक्याशंहरुमा प्रयोग भएको पाइन्छ । जस्तै छित म्ह फुला ? अर्थात तपाईलाई सञ्चै छ ? यसै चेतना अनि स्व-तत्वलाई उजागर गर्दै नेवार समुदायमा म्हपूजा मनाउने चलन रहेको छ । नेवारी समूदायमा आफ्नै शरीर भित्रको चेतना प्रदायक शरीर, आत्मतत्व अनि परमात्मालाई पूजा गर्दै आजको दिन आफ्नै अभूतपूर्व शरीरको पूजा गरिन्छ। नेवारी संस्कृति भित्रको म्हपूजाको विशेषता भनेको पूजा गराउने पुरेतको अनुपस्थितिमा परिवारमा भएका सबै महिला र पुरुष सहभागी भएर सामुहिक रुपमा पूजा गरिन्छ। राजधानी काठमाडौँ भित्र मात्र नभएर नेपालको अरु स्थानहरु र नेपाल बाहिर प्रबासी नेवारी समुदाय वा त्यसका संस्था अन्तर रास्ट्रिय नेवा गुठिले विश्वको करिब साठी देशहरुमा सामुदायिक स्तरबाट सामुहिक रुपमा म्हपूजाको आयोजना हुन् थालेको नेवा गुठि क्यानाडाका महासचिब श्री बिमलमान श्रेष्ठ बताउनु हुन्छ।

सम्भवतः ‘अहम्’ (म:) संस्कृत शब्दबाट म्ह शब्दबाट विकास भएको हुनु पर्छ। म्हःपूजाको नामकरण नेपाल भाषाको म्हः र पूजा यी दुईवटा शब्दबाट हुन गएको छ। म्हः को अर्थ नेपालीमा शरीर हो। यसको समग्र अर्थ शरीरको पूजा हो / महर्षि रमणले म को हुँ ? को आध्यात्मिक खोज गरेर सिद्ध भएका थिए। म भित्रको खोज चिन्तन बैदिक समय देखिनै भएको बिषय हो । उपलब्ध बिबिध लिखित स्रोतमा उल्लेख भएका कुराहरुको अध्ययन र जानकारी अनुसार यमपञ्चक (तिहार) को चौथो दिन अर्थात् कात्तिक शुक्लपक्षको प्रतिपदा तिथिमा नेवार समुदायद्वारा मनाइने “म्हः पूजा” नेपाली चाडपर्वमा अद्वितीय र विशिष्ट स्थान रहिआएको छ। बृहतर नेवार समुदायमा समानरुपमा म्हः पूजा स्वीकारिएको छ। म्ह पुजाले यथार्थबाद्को उत्प्रेरित छ। भौतिक (स्थुल) शरीरबाट मात्र सत्कर्मको सम्भाबना हुन्छ अर्थात् जीवित स्वास्थ्य मानब (स्थुल शरीर) मात्र कर्मको माध्यम हो। हामीलाई हामी मानब जीवित प्राणीमा सबै भन्दा बुद्दिमान हौ भन्ने अनुभूति दिने चेतना हाम्रै शरीर भित्र रहेको छ। शरीर बिना आत्मा इश्वरको साकार कल्पना गर्न सकिन्न। हामी सबैलाई थाहा भएको कुरा हो, स्वास्थ्य शरीरले सत्कर्म गर्न सक्षम बनाउँदछ। हाम्रो स्थुल शरीर, जीवात्मा (जस भित्र रहेको आत्मा ब्रह्म अंश) र परमात्मा-ब्रम्हा तीन महत्पूर्ण कुरा भएको हिन्दु ग्रन्थ भित्रको एक ग्रन्थ आत्मा उपनिषदमा उल्लेख गरिएको पाउँछौ। आत्माको अस्तित्व परिकल्पना समेत बिना शरीर गर्न सकिंदैन । यस पुजा गरेर बन्धुबाद्को महत्व बोध हुन्छ। आध्यात्मबाद्को प्रमाणीकरण गर्न भगवानको परिकल्पना समेत जीवित मानब शरीरबाट हुने हुदा शरीरको महत्व प्रमाणित गर्दछ। स्वस्थ र पवित्र बन्न शरीरको सेवाबाट मात्र सम्भव छ। यो समग्र सृष्टि परमात्मा–परमेश्वरको हो भन्ने आध्यात्मिक अनुसन्धान हो। सर्वात्म भावले आफ्नो शरीर भित्र परमात्मा मानेर आफूले आफूलाई आराधना गरी ‘म’ र ‘परमात्मा’ बीच कुनै अन्तर नभएको महसुस गर्दै शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको दार्शनिक पक्ष रहेको डा ऋषिप्रसाद शर्मा विश्वास राख्नुहुन्छ। साकार ईश्वर कै स्वरुप रहेको मानवशरीरमा सबै प्रकारका धर्म र कर्मप्राप्तिका प्रमुख साधन रहेको बिश्वास गरिन्छ। शरीरलाई आत्मा ईश्वरसँग भेट्ने र ईश्वरलाई बुझ्ने मन्दिरका रुपमा बुझिन्छ। आफूलाई चिनेर बुझेर आफ्नो उद्धार गर्न आफू नै अघि सर्नु पर्ने सम्बन्धमा पूर्वीय धर्म दर्शनहरुमा एकमत भएको पाइन्छ र स्वआत्मोद्धारका लागि प्रेरक पर्व म्हः पूजा मनाउन अध्यात्मिक र सामाजिक सांकृतिक भएको बुझिन्छ। म्हः पूजा कहिलेदेखि प्रारम्भ भएको हो भनेर यकिनका साथ भन्न नसकिए पनि एकपटक नेवार समुदायमा ठूलो दैवी (प्राकृतिक) प्रकोप परेकाले धेरै मानिसको क्षति हुन गएको र त्यसपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा प्रचलनमा ल्याइएको विश्वास पनि गरिन्छ। स्वस्थ शरीरद्वारा नै सबै प्रकारका धार्मिक, सांस्कृतिक, सामाजिक, राजनीतिक आदि कर्म गर्न सकिने मान्यता राख्नु हुने डा.मिलन शाक्य यो यमपञ्चकसँग जोडिएकाले पनि यसको प्रारम्भ यमपञ्चकको सुरुवातसँगै भएको अनुमान गर्नु हुन्छ। डा. शाक्यले स्वस्थ शरीरभित्रको स्वस्थ मनबाट मात्र ब्रह्मको चिन्तन सम्भव भएकाले त्यसको प्राप्तिका लागि शरीरलाई शुद्ध बनाएर मनलाई स्थिर राख्नका निमित्त यो पूजा गर्ने गरेको बताउनुहुन्छ। शरीरको अभावमा कुनै पनि विषयवस्तुको अस्तित्व नरहने हुँदा शरीरप्रति विशेष आस्था र भक्ति प्रकट गरिने म्हः पूजालाई वरिष्ठ संस्कृतिविद् श्री सत्यमोहन जोशी नेवार समुदायमा पास्नी गरेपछि नमरुन्जेल उसको मर्यादाक्रम अनुसार गरिने पूजा भएको बताउनुहुन्छ। शरीरप्रति रहेको चैतन्य (चेतना) तत्वलाई प्रतिनिधित्व गराइने गरी करिब दश इन्च लामो बत्ती बाली तान्त्रिक विधिले शरीरको आराधना गरी प्रज्वलित दीपलाई मानवदेहसँग परिकल्पना गर्ने गरिएको हुन्छ। म्हः पूजा गर्नका निमित्त मण्डलको निर्माण गरी ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाका साथै विभिन्न फूल अक्षतालगायत सयपत्री फूलले पूजा गरिने म्हःपूजामा विशेषतः आफूले आफूलाई वास्तविक (यथार्थ) धरातलमा महसुस गरिन्छ। बौद्ध सम्प्रदायभित्रका नेवार समुदायले पनि आफ्नो शरीरको विशेष पूजा गर्ने गरेको पाइन्छ। यस सम्प्रदायले गर्ने म्हःपूजाको स्रोत उही भएपनि पूजाको शैली भने केही फरक छ। यस सम्प्रदाय अन्तर्गत विभिन्न नौ किसिमका बिही (गेडागुडी) को प्रयोग गरी मण्डल निर्माण गरिन्छ। सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिएको हुन्छ। त्रिरत्न (बुद्ध, धर्म, सङ्घ), यमराज, कुलदेवताको आराधना गर्दै दशै दिशाका लोकपालको पनि म्हःपूजा गर्दा पूजा गरिने परम्परा रहेको बौद्ध पुरोहितहरुको भनाइ छ । त्रिरत्न र दशलोकपालको पूजापश्चात् घरको मूलीले अनिवार्य पूर्वदिशातिर फर्केर म्हःपूजा गर्ने र अरु सदस्यले आफ्नो अनुकूलअनुसारको आसनमा रहेर शरीरको पूजा गर्ने प्रचलन रहेको पाइन्छ । मण्डलको दाहिनेतर्फ विशेष तरिकाले गरिएको लामो धागोको तेल बत्ती (खेलुइता) लाई म्हः पूजाको आदि देखि अन्त्यसम्म (समापनसम्म) अविच्छिन्नरुपमा बलिरहन दिनुपर्ने चलन छ ।शरीरमा शान्ति नभइकन शान्ति नहुने विश्वास अनुरुप अष्ट चिरञ्जीवीको प्रतिक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ र सोहि मण्डपमाथि बिभिन्न खाद्यवस्तु राखेर आफैंले आफैंलाई खुवाईन्छ।

नेपाली समन्वयात्मक शैलीको लोक संस्कृति र सामाजिक सहिष्णुतालाई सुदृढ बनाउने अभियानले नै हाम्रो रास्ट्रिय एकता बलियो हुन्छ। म्हःपूजाको अध्यात्मिक, संस्कृतिक महत्वपूर्ण भएको हामी अन्तर आत्माबाट स्वीकार छौ। यसबाट प्राप्त हुने सामाजिक नैतिक शिक्षा समृद् नेपाल सुखी नेपाली बनाउन हामी सबैको प्रेरणाको स्रोतको रुपमा लिन सकौं। नेपाल सम्बत विशेषत नेपालको राष्ट्रीय मौलिक मानेर नेपाल सरकारले सो दिन सार्वजनिक बिदा दिने गरेको छ। मध्यकालिन भक्तपुरका राजा राघब देवको आज्ञामा राष्ट्रिय सम्बतको रूपमा नेपालको कार्यालयहरुमा चलाईएको थियो। नेपालमा औपचारिक रूपले यो संवत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो। हाल आधिकारिक रूपमा प्रयोग नभएतापनि यो सम्बत जनमानसमा प्रचलित रहेको पाइन्छ। पुन: के यो सम्बतलाई नयाँ नेपालको सरकारी दैनिक प्रचलनको सम्बत बनाउन सकिंदैन त् ?

(प्रस्तुत लेख यस संस्थासंग आबद्ध श्री केदार बस्नेतज्युले बिबिध अनलाईन श्रोतको अध्ययन र आफ्नो अबलोकन अनुभवको आधारमा तयार गर्नु भएको हो। वहाँलाई यो जानकारीमूलक लेखको लागि हार्दिक धन्यबाद: पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र, टोरोन्टो )

Celebration of Religion

Enhancement of Events

Preservation of Culture