पशुपतिनाथ र मुक्तिनाथको भूमी नेपाल !
ऋषिमुनीहरुको तपोभूमि नेपाल !!
भगवान बुद्धको जन्मभूमी नेपाल !!!
नेपाली वैदिक सनातन एबम बौद्ध अध्यात्मिक आदर्श, मूल्य र मान्यतालाई क्यानाडाको सामाजिक दैनिक जीवनमा अनुशरण गर्न गराउन स्थापित
श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र
संस्थागत बिकाश एबं पृष्ठभूमि :
हिन्दु धर्मको ८ प्रमुख धार्मिक स्थानहरु मध्ये एक मानिने पशुपतिनाथ मन्दिरको प्रतिक टोरोन्टो स्कारबोरोमा प्रतिष्ठापन गरेर बृहत्तर टोरोन्टो क्षेत्र बिशेष गरेर ओन्टारियो क्यानाडामा बसोबास गर्ने सबै नेपाली भाषीहरु बीच धार्मिक सहिष्णुताको बिकाश गर्दै सांस्कृतिक, सामाजिक तथा धार्मिक स्वयंसेवाहरुको माध्यमबाट आपसी आत्मियताको बिकाश गर्नु पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र को मुख्य अभिप्राय हो, हामी सबै आप्रवासी नेपाली भाषीहरुको लागि यो नै गौरबको बिषय हो।
सन् २००४ जनवरी २६ मा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र एक गैर नाफामूलक संस्था रुपमा दर्ता भई स्कारबोरो क्षेत्रमा श्री पशुपतिनाथ मन्दिरको स्थापना समेत गरी नियमित पूजापाठ, हरि कीर्तन, र दर्शन गर्ने गराउने व्यवस्था भएको थियो, सन् २०१० बाट २०१८ सम्म निस्क्रिय रहेकोमा सन् २०१९ सेप्टेम्बेर २४ गते देखि यो संस्थालाई कानुनी रुपमा पुनर्संचालन गर्दै यसै क्षेत्रमा पशुपतिनाथ मन्दिरको पुनर्स्थापना गर्ने उद्देश्य लिईएको छ। स्वत:स्फुर्त रुपमा धार्मिक भावनाबाट प्रेरित स्थानीय नेपालीहरुको स्कारबोरोमा समय समयमा सम्पन्न भेलाले गठन गरेको तपसिलको तदर्थ कार्य समितिलाई नै पहिलो साधारण सभा नहुन्जेलसम्म स्कारबोरोमा मन्दिर स्थापना एबं संचालन गर्न आवश्यक कार्य सम्पादन गर्ने र बिधान अनुसार साधारण सभा सम्पन्न गर्ने जिम्मेवारी दिईएको छ।
उदेश्यः
- सनातन हिन्दु धर्म र बौद्ध धर्ममा आस्था राख्ने सबै आप्रबासी नेपाली तथा नेपाली भाषी तथा अन्य देशका नागरिकहरुको बीच पवित्र पशुपतिनाथ मन्दिरको माध्यमबाट धार्मिक सहिष्णुता, सद्भाव, भाईचाराको विकास गर्दै सामाजिक, साँस्कृतिक तथा धार्मिक कार्यहरुको संरक्षण एवम् संचालन गर्ने,
- यस केन्द्रको मन्दिरमा दैनिक पूजापाठ सञ्चालन गर्ने, धार्मिक प्रवचनहरु गर्ने तथा समय समयमा यज्ञ, सत्सङ्ग, अखण्ड हरिकीर्तन एवम् विशेष धार्मिक कार्यहरु सञ्चालन गर्ने,
- यस केन्द्रको लागी आवश्यक मन्दिर-भवन, जग्गा तथा अक्षयकोष र अन्य आय स्रोतको व्यवस्था मिलाइने,
- यस केन्द्रको मातहतमा सामुदायिक भवन निर्माण तथा व्यवस्थापन गरिने,
केन्द्रको भौगोलिक कार्य क्षेत्र:
- बिशेष गरेर बृहत्तर टोरोन्टो क्षेत्र एबं ओन्टारियो क्यानाडा
हालको कार्य समिति:
श्रीमति अरुणा पौडेल : अध्यक्ष
श्री भबकृष्ण आचार्य : उपाध्यक्ष
श्री गणेश न्यौपाने : कोषाध्यक्ष
श्रीमती सीता प्रसाई घिमिरे : सदस्य
श्रीमती रजनी तिवारी : सदस्य
श्रीमती सीता संग्रौला : सदस्य
श्री उत्तम प्रसाद भट्टराई : सदस्य
श्री बद्रि तिमल्सिना : प्रबक्ता
श्री निलकण्ठ पौडेल : महासचिब
श्री केदार बस्नेत (आमन्त्रित) : सभाध्यक्ष
समिति तथा उपसमितिहरुको ब्यबस्था:
केन्द्रको उद्देश्य सफलता पुर्बक प्राप्तीको लागि तपसिलका समिति तथा उपसमितिहरुको गठन गरिने छ।
१.दैनिक पूजा समिति
२ बिशेष यज्ञ, महायज्ञ पूजा व्यवस्थापन समिति
३. पूजा-आम्दानी व्यवस्थापन समिति
४. भजन कीर्तन व्यवस्थापन समिति
५. आर्थिक श्रोत प्रबर्धन समिति
६. प्राज्ञिक एवं अन्तरसंस्थान समन्वय समिति
७. मन्दिर स्थापना एवं बिकाश परियोजना समिति
८. आवश्यकता अनुसार अन्य समिति, उपसमितिहरु तथा
कार्यदलहरु गठन गरिने ।
संस्थाको सदस्यता किसिम र शुल्क बिबरण:
यस संस्थाको विकास, निर्माणमा सक्रिय सहयोग जुटाउने हिन्दू धर्ममा आस्थावान् भक्तजन/व्यक्तित्वहरु यस संस्थाको सदस्य वन्न सक्नेछन्। यस प्रयोजनको निम्ति दुई किसिमका सदस्य रहनेछन:
मानार्थ सम्मानित सदस्यहरु: कार्यकारिणी अधिकार प्रयोग नगरी सम्मानित रुपमा रहनेछन। यस्ता ब्यक्त्तित्वहरुको फोटो र दान रकम मन्दिरको कुनै स्थानमा उल्लेख गरिने छ।
(क) बिशेष संरक्षक:
- शुल्क: $१५,०००,
- नेपाली समाजमा सामजिक, सांस्कृतिक र आर्थिक हैसियतबाट प्रतिष्ठित ब्यक्त्तित्वहरु
(ख) संरक्षक:
- शुल्क: $ ५०००,
- संस्थापक सदस्यहरु, भू.पु. निर्देशक बोर्डका पदाधिकारीहरु, भू.पु. कार्य समितिका पदाधिकारीहरु तथा अन्य प्रतिष्ठित ब्यक्त्तित्वहरु
सक्रिय सदस्यहरु: केन्द्रको उदेश्य परिपूर्ती गर्न निर्देशक बोर्ड, कार्य समिति र अन्य समितिहरुको कुनै पनि पदमा रही तोकिए बमोजिम कार्यकारिणी अधिकार प्रयोग गर्ने गरि सक्रिय रहनेछन ।
(क) आजीवन सदस्यता: आजीवन सदस्यता, शुल्क: $१०००
(ख) साधारण सदस्यता: प्रत्येक महिना $१० का दरले १२ महिना सम्म $१२० वा बर्षको एकै पटक $१००, यसका अतिरिक्त बार्षिक $१२ सदस्यता शुल्क
आर्थिक श्रोत:
१. भक्तजनहरुबाट प्राप्त दान सहयोग,
२. आजीवन तथा साधारण सदस्यता शुल्कहरुबाट प्राप्त रकम,
३. संरक्षकहरुबाट प्राप्त दान रकम,
४. स्थानीय सरकारी निकाय, संघ संस्थाहरुबाट प्राप्त हुने अनुदान रकम,
५. पुजा तथा यज्ञहरुमा चडाएको भेटि रकम,
६. सेवा शुल्क रकम,
प्रायोजन (Sponsor) गर्ने सुबर्ण अवसर:
आफ्नो वा परिवारको नाममा वा आफ्ना प्रिय पितृहरुको स्मृतिमा तपसिलका मुर्तिहरुको खरिद खर्च प्रायोजन गरि दिनु हुन् आग्रह
- गणेशको मुर्ति
- दुर्गाको मुर्ति:
- सरस्वतीको मुर्ति:
- लक्ष्मीको मुर्ति:
- स्टेण्ड पानस (२ वटा)
- पशुपति शिव लिंग, बशाहा सहित (निर्माण सम्पन्न)
- शाक्यमुनी बुद्ध (निर्माण सम्पन्न)
- फर्निचरहरु
- मन्दिरसंग सम्बन्धित अन्य बस्तुहरु
प्रायोजक श्री उत्तम प्रसाद भट्टराईज्युलाई हार्दिक धन्यबाद:
- नेपालमा बनेका मुर्तिहरु टोरोन्टो ल्याउन ने रु १.५ लाख सम्मको ढुवानी खर्च आफ्नो स्वर्गीय पिताजी श्री डिल्ली नाथ भट्टराईको स्मृतिमा प्रायोजन गर्नु हुने श्री उत्तम प्रसाद भट्टराईज्युलाई हार्दिक धन्यबाद ।
पुनश्च: प्रायोजक तथा ठुलो आर्थिक दान सहयोग गर्नु हुने महानुभाबहरुको नाम र योगदान रकम मन्दिरको कुनै स्थानमा बोर्डमा लेखेर राखिने छ र सम्मान पत्रद्वारा सम्मान गरिने छ ।
केन्द्रको हार्दिक अनुरोध:
- संस्थाको बिशेष संरक्षकत्व तथा संरक्षकत्व ग्रहण गरि दिनु हुन्,
- सबै भक्तजनहरुले यस केन्द्रको सदस्यता ग्रहण गरि दिन हुन् ,
- सबैले आ-आफ्नो क्षमता अनुसार मन्दिर स्थापनार्थ दान सहयोग गरि दिनु हुन्,
- सबै भक्तजनहरुले आ-आफ्नो व्यक्तिगत महत्वपुर्ण खुसियालीका समयहरु (जन्म दिवस, न्वारन, ब्रतबन्ध, बिबाह, बर्षगांठ आदिहरु) मा यस केन्द्र मार्फत “शुभकामना” अभिव्यक्त गर्ने सुअबसर प्रदान गरि दिनु हुन्,
- सबै भक्तजनहरुले आ-आफ्नो दुखका समयहरु (प्रिय व्यक्तिको मृत्यु, बार्षिकी, पितृ सम्झना, श्राद्ध आदिहरु) मा यस केन्द्र लाई “समबेदना” अभिव्यक्त गर्ने अबसर प्रदान गरि दिनु हुन्,
हाल सम्मको कार्य प्रगति
- पशुपति शिव लिंग, बशाहा सहित – (वजन: करिब ८ क्विन्टल, उचाई: करिब ४ फिट, नेपालमा निर्माण सम्पन्न, ढुवानीको अबस्थामा रहेको)
- पशुपतिनाथको मन्दिरको छाना, तामाको बस्तुहरु, गजुर, घन्टी, तथा अन्य धातुहरु (नेपालमा निर्माण सम्पन्न, ढुवानीको अबस्थामा रहेको)
- शाक्यमुनी बुद्ध – (उचाई: ३ फिट, करिब २. ५ तोला शुद्ध सुन हालेको, नेपालमा निर्माण सम्पन्न)
- गणेश, दुर्गा, सरस्वती, लक्ष्मीको मुर्ति र बस्त्रहरु (स्थानीय रुपमा खरिद गर्न खोजि भई रहेको)
- संस्थालाई “च्यारिटी मुलक संस्था” पुन: बनाउनको लागि सम्बन्धित निकायसंग पत्राचार भई रहेको ।
आगामी कार्यक्रम (प्राथमिकता):
- नेपालमा लकडाउन खुलेर अन्तर्राष्ट्रिय उडानहरु संचालनमा आउने बित्तिकै तयारी अबस्थामा रहेका शिवलिंग, बसाहा, बुद्धका मुर्तिहरु तथा मन्दिरको लागि नेपालमै बनाईएका अन्य अत्यावश्यक बस्तुहरु समुन्द्री बाटोबाट ढुवानी गरि करिब ३ महिनामा टोरोन्टो आई पुग्नेछ ।
- त्यसै बीच स्कारबोरोमा मुर्तिहरु राख्ने स्थानको खोजि कार्यलाई तिब्रता दिईने छ। सकभर खरिद गरेर वा भाडामा भवनको ब्यबस्था मिलाउन प्रयास गरिने छ। कथम कदाचित उपयुक्त भवन नपाईएमा अस्थायी रुपमा राखी स्थायी स्थानको खोजि गरि स्थापित गरिनेछ।
सहयोग आबश्यक परेका क्षेत्रहरु:
- आर्थिक,
- प्रायोजकहरु,
- बिभिन्न समितिमा बिभिन्न बिषयका थप सक्रिय कार्यकारिणी सदस्यहरु,
Celebration of Religion
Enhancement of Events
Preservation of Culture
सम्पर्क:
अरुणा पौडेल, ६४७ ७०५ १७८१
निलकण्ठ पौडेल, ६४७ ४७२ ७११६
इमेल: pnccc2004@gmail.com
आर्थिक सम्पर्क:
गणेश न्यौपाने, ६४७ ८७८ ६२१०
इमेल: pashupatitemplescarborough@gmail.com
Corporate Office
10 Lowell Ave. Scarborough, ON M1M 3M8
Established in 2004 NPO, Ontario Corporation No.: 1592600
Business Number 85897820