संस्थाको सदस्यता किसिम र शुल्क बिबरण: 

यस संस्थाको विकास, निर्माणमा सक्रिय सहयोग जुटाउने हिन्दू धर्ममा आस्थावान् भक्तजन/व्यक्तित्वहरु यस संस्थाको सदस्य वन्न सक्नेछन्। यस प्रयोजनको निम्ति दुई किसिमका सदस्य रहनेछन: 

    मानार्थ सम्मानित सदस्यहरु:

    कार्यकारिणी अधिकार प्रयोग नगरी सम्मानित रुपमा रहनेछन। यस्ता ब्यक्त्तित्वहरुको फोटो र दान रकम मन्दिरको कुनै स्थानमा उल्लेख गरिने छ।

    (क) बिशेष संरक्षक

    • शुल्क: $१५,०००, 
    • नेपाली समाजमा सामजिक, सांस्कृतिक र आर्थिक हैसियतबाट प्रतिष्ठित ब्यक्त्तित्वहरु 

    (ख) संरक्षक: 

    • शुल्क: $ ५०००, 
    • संस्थापक सदस्यहरु, भू.पु. निर्देशक बोर्डका पदाधिकारीहरु, भू.पु. कार्य समितिका पदाधिकारीहरु  तथा अन्य प्रतिष्ठित ब्यक्त्तित्वहरु 

    सक्रिय सदस्यहरु:

    केन्द्रको उदेश्य परिपूर्ती गर्न निर्देशक बोर्ड, कार्य समिति र अन्य समितिहरुको कुनै पनि पदमा रही तोकिए बमोजिम कार्यकारिणी अधिकार प्रयोग गर्ने गरि सक्रिय रहनेछन । 

    (क) आजीवन सदस्यता: आजीवन सदस्यता, शुल्क: $१००० 

    (ख) साधारण सदस्यता: प्रत्येक महिना $१० का दरले १२ महिना सम्म $१२० वा बर्षको एकै पटक $१००, यसका अतिरिक्त बार्षिक $१२ सदस्यता शुल्क 

    Pashupathinath Nepali Canadian Culture Centre logo

    Celebration of Religion

    Enhancement of Events

    Preservation of Culture