पशुपतिनाथ र मुक्तिनाथको भूमि नेपाल !
ऋषिमुनीहरुको तपोभूमि नेपाल !!
भगवान् बुद्धको जन्मभूमि नेपाल !!!
नेपाली वैदिक सनातन एबम बौद्ध अध्यात्मिक आदर्श, मूल्य र मान्यतालाई क्यानडाको सामाजिक दैनिक जीवनमा अनुसरण गर्न गराउन स्थापित
श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र
संस्थागत बिकाश एबं पृष्ठभूमि :
हिन्दु धर्मको ८ प्रमुख धार्मिक स्थानहरु मध्ये एक मानिने पशुपतिनाथ मन्दिरको प्रतिक टोरोन्टो स्कारबोरोमा प्रतिष्ठापन गरेर बृहत्तर टोरोन्टो क्षेत्र बिशेष गरेर ओन्टारियो क्यानडामा बसोबास गर्ने सबै नेपाली भाषीहरु बीच धार्मिक सहिष्णुताको बिकाश गर्दै सांस्कृतिक, सामाजिक तथा धार्मिक स्वयंसेवाहरुको माध्यमबाट आपसी आत्मियताको बिकाश गर्नु पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र को मुख्य अभिप्राय हो, हामी सबै आप्रवासी नेपाली भाषीहरुको लागि यो नै गौरबको बिषय हो।
सन् २००४ जनवरी २६ मा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र एक गैर नाफामूलक संस्थाको रुपमा दर्ता भई स्कारबोरो क्षेत्रमा श्री पशुपतिनाथ मन्दिरको स्थापना समेत गरी नियमित पूजापाठ, हरि कीर्तन, र दर्शन गर्ने गराउने व्यवस्था भएको थियो, सन् २०१० बाट २०१८ सम्म निस्क्रिय रहेकोमा सन् २०१९ सेप्टेम्बेर २४ गते देखि यो संस्थालाई कानुनी रुपमा पुनर्संचालन गर्दै यसै क्षेत्रमा पशुपतिनाथ मन्दिरको पुनर्स्थापना गर्ने उद्देश्य लिईएको छ। स्वत:स्फुर्त रुपमा धार्मिक भावनाबाट प्रेरित स्थानीय नेपालीहरुको स्कारबोरोमा समय समयमा सम्पन्न भेलाले गठन गरेको तपसिलको तदर्थ कार्य समितिलाई नै पहिलो साधारण सभा नहुन्जेलसम्म स्कारबोरोमा मन्दिर स्थापना एबं संचालन गर्न आवश्यक कार्य सम्पादन गर्ने र बिधान अनुसार साधारण सभा सम्पन्न गर्ने जिम्मेवारी दिईएको छ।
(निकट भविष्यमा मन्दिर पुन:संचालनको लागि कटिबद्ध)