यदि तपाईं हाम्रो मन्दिरमा व्यक्तिगत वा समूह पूजा वा कार्यक्रम आयोजना गर्ने योजना गर्दै हुनुहुन्छ भने, कृपया फारम भर्नुहोस्, हामी तपाईंलाई जानकारी दिनेछौं। धन्यवाद!
पशुपतिनाथ र मुक्तिनाथको भूमि नेपाल !
ऋषिमुनीहरुको तपोभूमि नेपाल !!
भगवान् बुद्धको जन्मभूमि नेपाल !!!
नेपाली वैदिक सनातन एबम बौद्ध अध्यात्मिक आदर्श, मूल्य र मान्यतालाई क्यानडाको सामाजिक दैनिक जीवनमा अनुसरण गर्न गराउन स्थापित
श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र

संस्थागत बिकाश एबं पृष्ठभूमि :
हिन्दू धर्मका आठ प्रमुख तीर्थस्थलहरूमध्ये एक मानिने श्री पशुपतिनाथ मन्दिरको प्रतीक स्वरूप टोरन्टोको स्कारबोरो क्षेत्रमा यसको प्रतिष्ठा गरिंदै, बृहत् टोरन्टो क्षेत्र विशेष गरी ओन्टारियो, क्यानडामा बसोबास गर्ने सम्पूर्ण नेपाली भाषी समुदायबीच धार्मिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC) को स्थापना गरिएको हो। धार्मिक, सांस्कृतिक र सामाजिक स्वयंसेवामार्फत आपसी आत्मियताको विकास गर्नु यस केन्द्रको मूल अभिप्राय हो। यो केन्द्र सम्पूर्ण आप्रवासी नेपाली भाषीहरूका लागि गौरवको विषय बनेको छ।
सन् २००४ जनवरी २६ मा पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र एक गैर-नाफामूलक संस्थाका रूपमा औपचारिक रूपमा दर्ता भई, स्कारबोरो क्षेत्रमा श्री पशुपतिनाथ मन्दिर स्थापना गरियो। प्रारम्भमा नियमित पूजा–पाठ, हरिकिर्तन तथा दर्शनको व्यवस्था गरिन्थ्यो।
सन् २०१० देखि २०१८ सम्म संस्थाको गतिविधि केही समयका लागि निस्क्रिय रहेकोमा, सन् २०१९ सेप्टेम्बर २४ देखि यस संस्थालाई पुनः कानुनी रूपमा सक्रिय गरियो। त्यस यता सोही क्षेत्रमा मन्दिरको लागि भवन खरिद गरी सन् २०२३ मार्च देखि नियमित पूजा–आजासहित पात्रो अनुसारका विभिन्न पर्वहरू विधिवत रूपमा मनाउँदै आइरहेको छ ।




Celebration of Religion

Enhancement of Events
