श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर, स्कारबोरो, टोरोन्टो

(Reg. Under Pashupatinath Nepali Canadian Culture Centre) (PNCCC), 2004

(Charitable Organization)

"आप्रवासी नेपाली भाषीहरुको धार्मिक संस्था"

Not for Profit Community based Religious Organisation

बारम्बार सोधिने प्रश्नहरू (FAQ)

1. यो संस्था कहिले दर्ता भएको हो?
यो संस्था २००४ जनवरी २६ मा  Ontario Corporations Act (R.S.O. 1990, CHAPTER C.38) अन्तर्गत गैर नाफामूलक संस्थाको रुपमा दर्ता भएको हो।

2. यो संस्थाको मुख्य उद्देश्य के हो?
यसको मुख्य उद्देश्य टोरोन्टो, स्कार्बोरो क्षेत्रमा एक पशुपतिनाथको मन्दिरको स्थापना गर्नु हो।

3. यो सस्थाको संस्थापन कसरी गरिएको छ?
यो संस्थाको सुसंचालनको लागि एक निर्देशक बोर्ड र एक कार्य समितिको ब्यबस्था गरिएको छ, हाल तदर्थ कार्य समितिबाट सम्पूर्ण कार्यहरु संचालन भई रहेका छन् । २०२१ जुलाई २६ भित्र नयाँ कार्य समितिको चयन गरिने छ।

4. मन्दिरका मुर्तिहरु कहाँबाट र कहिलेसम्म आईपुग्छन?
पशुपतिनाथको शिवलिंग, बसाहा, बुद्धको मुर्ति र मन्दिरको छाना र अन्य आबश्यक धातुका बस्तुहरु नेपालमा तयारी अबस्थामा छन्, नेपालमा अनुकुल अबस्था हुने बित्तिकै कार्गो गरिने छ।

5. मन्दिर कहाँ स्थापना गरिन्छ?
मन्दिरको लागि स्कार्बोरो क्षेत्रमा उपयुक्त स्थानको खोजि भई रहेको छ, यसमा कार्य समिति प्रयत्नशील छ।

6. यो संस्थाको सक्रिय सदस्यताका प्रकार, शुल्क र भुक्तानी प्राबधान के छ ?
(क) आजीवन सदस्य : $१००० (आजीवन),
(ख) साधारण सदस्य: मासिक १० + बार्षिक शुल्क $१२
* भुक्तानी किस्ताबन्दीमा गर्न सकिने छ।

7. यो संस्थाको मानार्थ सदस्यताका प्रकार, शुल्क र भुक्तानी प्राबधान के छ ?
(क) बिशेष संरक्षक: $१५०००
(ख) संरक्षक: $५०००
* भुक्तानी किस्ताबन्दीमा गर्न सकिने छ।

8. मानार्थ सदस्यहरुको सम्मानको ब्यबस्था के छ?
मानार्थ सदस्यहरुको फोटो मन्दिरमा राखिने छ र ताम्रपत्र र रजतपत्र अंकित प्रमाणपत्र प्रदान गरिने छ।

9. मन्दिरमा दान वा प्रायोजन कसरि गर्न सकिन्छ ?
आफ्नो वा आफ्नो प्रिय व्यक्तिको नाम वा सम्झनामा मुर्तिहरु वा मन्दिरमा अति आबश्यक अन्य बस्तुहरुको लागि प्रायोजन गर्न र मन्दिरको वेबसाईटबाट वा इमेल ट्रान्सफर गरेर वा व्यक्तिगत रुपमा मन्दिरमा दान गर्न सकिन्छ।

10. मन्दिरले प्रायोजकहरुको सम्मानको कस्तो ब्यबस्था छ ?
प्रायोजकहरुको नाम, प्रायोजित बस्तुहरु र मूल्य समेत उल्लेख गरि मन्दिरमा सुनौलो अक्षरले लेखिने छ।

11. व्यक्तिगत बिबरणहरुको गोपनियता सम्बन्धि के प्राबधान छ ?
स्थानीय कानुन अनुसार गोपनियताका शर्तहरु पालना गरिने छ।