हार्दिक श्रद्धान्जली अर्पण .!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कति केन्द्रका शुभ चिन्तक तथा श्रद्धालु भक्त टोरोन्टो निवासी श्रीमति बिजु महर्जनको परम आदरणीय माताजी तथा श्री सानुराजा महर्जनको सासु आमा स्वर्गीय तीर्थ लक्ष्मी सिंहको यहि बि. सं. २०७७ साल असोज २७ गतेका दिन ७३ बर्षको उमेरमा असामयिक निधन भएको खबरले हामीलाई स्तब्ध वनाएको छ । वहॉको दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। यस दुखद घडीमा शोकाकुल सम्पूर्ण परिवारजन, इष्ट मित्र, बन्धु बान्धवमा धैर्य धारण गर्न सक्ने अदम्य शक्ति श्री पशुपतिनाथले प्रदान गरून भन्ने कामना सहित हार्दिक समबेदना व्यक्त गर्दछौ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार
0 Comments