विश्वशान्तिका लागि जपयज्ञ !

j

by PNCCC Centre

}

03.24.2020

हिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको महामारीबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि प्रार्थना गर्न ‘विश्वशान्ति जपयज्ञ’ कार्यक्रम हुनेभएकाे छ । कार्यक्रमकाे सुरुआत मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजे सम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ । यस मन्त्रले यथाशक्य जप ।मार्च २६, २०२० बिहीबार बिहान ९ देखि१० बजे सम्म -राेगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ।त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ।। तथा अन्य देवी स्ताेत्र – मन्त्रले पाठ ।मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म – ॐ नमाे भगवते वासुदेवाय !, श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: ! तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप यस जपयज्ञमा घरमै बसी सहभागिता जनाइदिनुहुन सविनय निवेदन छ ।

Featured

Related Posts

FIRST AGM MEMBERSHIP NOTICE

हामी सबैको प्रयासले हाम्रो PNCCC को संस्थागत विकास गरौ...!!!

read more
Follow Us

Comments

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *

Related Posts