७५औं जन्म-दिनको शुभकामना !!!जन्म दिनमा दान सहयोग !!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र (PNCCC), टोरोन्टोको धार्मिक कार्यका शुभ चिन्तक श्री सपन राज अर्याल तथा श्रीमती अपर्णा आचार्य अर्यालका क्रमश: पिताजी तथा ससुरा बुबा श्री जनक प्रसाद अर्यालज्युको ७५औं जन्म-दिन (75th Happy Birthday) को अवसरमा यस केन्द्रको तर्फबाट वहॉलाई हार्दिक शुभकामना अभिव्यक्त गर्दै वहॉको सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको कामना व्यक्त गर्दछ । यस अवसरमा श्री अर्याल परिवारले यस केन्द्रलाई $५१.०० (एकावन्न डलर) दान सहयोग गर्नु भएको छ । यस दान सहयोगको लागी वहाँहरू प्रति हार्दिक आभार समेत व्यक्त गर्दछ। श्री पशुपतिनाथले कल्याण गरून्..!!!! श्री पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार , टोरोन्टो
0 Comments