हार्दिक श्रद्धान्जली अर्पण ..!!! दिवंगत पितृको संम्झनामा दान ..!!!
यस पशुपतिनाथ नेपाली क्यानेडियन कल्चर सेन्टर (PNCCC) को कोषलाई Toronto, Scarborough निवासी यस धार्मिक कार्यका शुभ चिन्तक, मिलनसार, श्रद्धालु भक्त श्री रि़क्षित ढकालबाट आफ्नो स्वर्गीय पिताजी मुकुन्द प्रसाद ढकालको आज परेको पहिलो एकतिष्ठ श्राद्धको अवसरमा पिताजीको स्मरण गर्दै यस मन्दिरलाई $51.00 (एकावन्न डलर) दान सहयोग गर्नु भएको छ। दिबंगत आत्माको चिरशान्तिको कामना गर्दै हार्दिक भाबपूर्ण श्रद्धान्जली अर्पण गर्दछौ। साथै यस सेन्टर श्री रि़क्षित ढकाल प्रति हार्दिक आभार व्यक्त गर्दै सु-स्वास्थ्य, दिर्घायू र संवृद्धिको शुभकामना व्यक्त गर्दछ। पशुपतिनाथ नेपाली क्यानेडियन संस्कृति केन्द्र परिवार टोरोन्टो
0 Comments